एमाले र रास्वपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित-Sutra News

एमाले र रास्वपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद अवरुद्ध गरेका छन् । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।



एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले संदन अवरुद्ध गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्न नहुने माग एमाले र रास्वपाका सांसदहरूको छ । मंगलबार पनि एमाले र रास्वपाले यही विषयमा संसद अवरोध गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए।

तर यो विषयलाई विनियोजन विधेयकमै सम्बोधन गरिनुपर्ने माग एमाले र रास्वपाको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट