लगातार बढिरहेको सेयर बजारमा आज करेक्सन देखिएको छ । नेप्सेका १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचक नै घट्दा बुधबार बजारमा ३५.३७ अंकको गिरावट आएको हो ।
सबै क्षेत्रका कम्पनीका सेयर बेचेर नाफा बुक गरेका लगानीकर्ताहरूले जीवनबीमा कम्पनीको सेयर भने किनेको देखिएको छ । यो क्षेत्रको उपसूचक २ दशकलव ५ प्रतिशतले वृद्धि भयो ।
बुधबार बजार २१५०.९९ विन्दुमा आएर रोकिएको छ । बुधबार २८० धितोपत्रको ८२ हजार ३५९ वटा कारोबारबाट १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार परिसूचक घटे पनि ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ । बुधबार घटेको बजारमा पनि हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, सिटी होटलको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।