बलिउडमा रातारात फिल्मबाट स्टारहरू हटाउने कुरा कुनै नौलो होइन। आज हामी ठूला ब्यानरका फिल्मबाट एक्कासी बाहिरिएका केही कलाकारहरुको बारेमा बताउन गइरहेका छौँ । आउनुहोस्, जानौँ कुन–कुन कलाकारबाट रातारात कुन-कुन ठूला फिल्महरु खोसिए ।
बलिउड अभिनेता कार्तिक आर्यनलाई धर्मा प्रोडक्सनले ‘दोस्ताना-२’ बाट रातारात हटाएको छ । उनलाई लिकाल्नुका पछाडि कार्तिकले बढाएको पारिश्रमिक मानिएको थियो। कार्तिकले सिनेमाका लागि निर्माता करण जोहरसँग धेरै पारिश्रमिक मागेपछि फिल्मबाट हटाइएको समाचारहरु प्रकाशित भएका थोए। फिल्म आफैं छायो।
मनोरन्जन खबरका अनुसार अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्म ‘चलते चलते’का लागि छनौट भइसकेकी थिइन। त्यतिबेला उनी सलमान खानसँग प्रेममा थिइन र सम्बन्धमा धेरै समस्या उत्पन्न भइरहेको थियो।
यस्तोमा एक दिन सलमान रक्सीले मात्तेर ऐश्वर्याको घर पुगे र मारपिट गरे। पछि सुटिङमा पनि लफडा भयो र सिनेमाबाट उनलाई हटाइयो। उनको ठाउँमा रानी मुखर्जीले काम गरिन।
त्यति बेला यी दुई अभिनेत्री सारै ने मिल्ने अभिनेत्रीमा पर्थे। आफ्नो सिनेमामा रानी खेल्न तयार भएको खबरबाट आहतमा परेकी रानी र ऐश्वर्या त्यसपछि कहिले एकअर्कासँग बोलेनन्।
अभिनेत्री आलिया भट्टलाई सुशान्त सिंह राजपुतको फिल्म ‘राबता’बाट रातारात हटाइयो र कृति सेननलाई अनुबन्धित गरियो। त्यस्तै रिपोर्टका अनुसार अभिनेत्री श्रद्धा कपुरलाई अचानक साइना नेहवालको बायोपिकबाट हटाइएको थियो । त्यसपछि यो फिल्ममा परिणिती चोपडालाई कास्ट गरिएको थियो
अभिनेत्री कट्रिना कैफलाई सन् २००३ मा रिलिज भएको फिल्म ‘साया’बाट रातारात हटाइयो। उनको सट्टा तारा शर्मालाई अनुबन्धित गरिएको थियो।
सो फिल्मबाट जोन अब्राहमले चर्चा चलेको थियो। यध्यपी जोनले आफूले कहिले पनि कुनै पनि फिल्ममा त्यस्तो नगरेको बताएका छन्।
मनोरञ्जन समाचारका अनुसार करिना कपुर ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट डेब्य गर्ने पक्का भएको थियो तर करिनाकी आमाले अनेक सर्त राखेपछि निर्देशक तथा निर्माता राकेश रोशनले करिनालाई हटाउँदै अमिशा पटेललाई ब्रेक दिए।
कंगना रनौतले धेरै निउँ खोजेको भन्दै ‘मणिकर्णिका’बाट सोनू सुदलाई सुटिङका बिचनै हटाएकी थिइन्। ।