नेकपा एमालेले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक (बजेट)माथि मत विभाजन माग गरेको छ ।
एमालेका सचेतक महेश बर्तौलाले बजेट अनुमोदन गर्न हुँदैन भन्ने सदस्यको बहुमत रहेको भन्दै मतविभाजन माग गरेका हुन् ।
एमालेको मागपछि सभामुख देवराज घिमिरेले मतविभाजन हुने जनाएका थिए । एमालेको मागसँगै मतविभाजनको प्रक्रिया प्रतिनिधिसभा बैठकमा सुरु भएको छ ।