राष्ट्रपति पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज-Sutra News

राष्ट्रपति पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिन लामो उपचारपछि बुधबार दिउँसो अस्पतालबाट शीतल निवास फर्किएका छन् ।



गत असार २ गतेदेखि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उनलाई ११ दिनपछि डिस्चार्ज गरिएको हो।

त्यसक्रममा यही असार ५ मा पौडेलको मुटुको शल्यक्रिया गरिएको थियो । सेन्टरका चिकित्सकहरुले पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिदिएका थिए। लामो उपचारपछि उनलाई चिकित्सकहरुले डिस्चार्ज दिएका हुन्।

राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले असार २ गते भर्ना भएका पौडेल विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी र उपचारपछि डिस्चार्ज भएर शीतल निवास फर्किएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट