अवैध र खतरनाक बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई फर्काइयो-Sutra News

अवैध र खतरनाक बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई फर्काइयो

शुक्रबार, १५ असार २०८०

शुक्रबार, १५ असार २०८०

अवैध र खतरनाक बाटो प्रयोग गरेर अमेरिका पुगेका १७८ नेपालीलाई फर्काइएको छ।



अवैध बाटो प्रयोग गरेको कारण फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।  उनीहरुलाई आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा  फर्काइएको हो।

आर्थिक वर्ष २०७५/७६ मा अमेरिका पुगेका ४५ जना पुरूष, २०७६/७७ मा ८१ पुरूष र २ जना महिला, डिपोर्ट भएका थिए। यस्तै तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ जना पुरूष र दुई जना महिला र २०७८/७९ मा १३ जना पुरूष डिपोर्ट भएका थिए।

यस्तै चालु आर्थिक वर्षमा ७ पुरूष डिपोर्ट भएको तथ्यांक बाहिर आएको छ ।

नेपालमा रोजगारको समस्या बढ्दै गएपछि नेपालमा बाहिर जानेको संख्या बढ्दो छ । पढाई र रोजगारीका लागि विदेश जानेको संख्या बढेसँगै विभिन्न म्यानपावर र कन्सल्टेन्सिहरुको संख्या पनि बढिरहेको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन्।

जसमध्ये रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली रहेका छन् ।वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत्‌ विदेशिएका नेपालीको संख्या सबैभन्दा बढी छ।अधिकांश कामदार भएर खाडी मुलुक गएका छन् ।

यसैबिच विभिन्न प्रलोभन देखाएर र जसरी पनि राम्रो देश पठाउँछौं भनेर म्यानपावर र कन्सल्टेन्सिहरुले विभिन्न मानिसहरुलाई ठगीरहेका छन् ।

मानिसहरुलाई अवैध रुपमा अमेरिका जान गैरकानुनी र जोखिम हो भन्ने कुरा थाहा हुदाँ हुदै पनि धेरै नेपालीहरु यो बाटो हिँड्न छाडेका छैनन्। यति मात्र होइन यो बाटो जान मानिसहरु लाखौं लाख रुपैयाँ पनि सजिलै खर्च गर्छन् ।   कसैको त बाटोमा नै मृत्यु हुने गर्छ ।

यस्तै, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–७ का ३० वर्षीय प्रदीप खत्रीको अमेरिका जाँदा पानामास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परी बेपत्ता भएका थिए । यति थाहा हुदाँहुँदै पनि प्रदीपका भाइ पटकपटक अमेरिका छिर्न खोजिरहेका छन् तर सफल हुन सकेका छैनन्।

साथै, २०७८ सालमा अमेरिका जाने क्रममा डुंगा दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको थियो ।

नेपालबाट अवैधबाट प्रयोग गरेर अमेरिका जान ४ वटा बाटो प्रयोग हुने गर्छन् ।

भारत हुँदै ब्राजिल, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका । अर्को  दुबई, रूस र थाइल्यान्ड हुदैं अमेरिका । मानिसहरुले विभिन्न बाटोहरु प्रयोग गरे पनि अन्तिम बिन्दु भने सबैको ब्राजिल नै हुने गर्छ ।

त्यहाँबाट अमेरिका जाने एउटा मात्र बाटो रहेको  छ ।

दलालले अत्यन्त जोखिमसाथ उनीहरुलाई स्थल वा जलमार्ग पार गराउँदै मेक्सिको पुर्‍याउँछन्, जुन स्थलमार्गबाट अमेरिका छिर्ने एक मात्र ल्याटिन अमेरिकी मुलुक हो ।

विभिन्न देशहरु पार गर्न मानिसलाई पानीजहाज, डुंगा, ट्रक, मालवाहक सवारी, साधन प्रयोग गर्नुपर्छ । कहिले त महिनौं सम्म पनि हिड्नुपर्ने हुन्छ । केही नेपाली युवाहरु अझैपनि विभिन्न देशका कारागारमा रहेकच छन् ।

साथै, तथ्याङकले वार्षिक २ हजारभन्दा बढी नेपाली यसरी अवैध बाटो प्रयोग गरेर अमेरिका पुग्ने गरेको देखाएको छ ।

नेपालबाट मात्र होइन  दक्षिण एसियाका भारत, बंगलादेश र केही अफ्रिकी द्वन्द्वग्रस्त मुलकहरुबाट पनि यसरी अमेरिका जानेको संख्या बढीरहेको छ ।

यसले यो गतिविधिमा प्रहरी, प्रशासन, अन्तराष्ट्रिय गिरोह र राजनीतिकर्मीको समेत हात छ भन्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट