बलिउड अभिनेत्री अनन्या पाण्डेले हालै आफ्नो विवाहको योजनाको बारेमा कुरा गरेकी छिन् । नायिकाले अहिले बिहे गर्ने मन नरहेको बताइन् ।
जब बलिउड अभिनेत्री अनन्या पाण्डे र आदित्य रोय कपुर गत वर्ष कृति सेननको दिवाली पार्टीमा सँगै देखा परेका थिए, तबदेखि दुबै
कलाकारको डेटिङ चलिरहेको हल्ला छ। आदित्य रोय कपुरसँगको सम्बन्धको हल्लाको बीचमा अनन्या पाण्डेले आफ्नो विवाहको योजनाका बारेमा कुरा गरेकी छिन् ।
हालैको एक अन्तर्वार्तामा अनन्या पाण्डेले विवाहको योजनाको बारेमा कुरा गर्दै आफू अहिले सानै भएको र अहिले बिहे गर्ने कुनै योजना नभएको बताइन् ।
जब अनन्यालाई उनको विवाहको योजना बारे सोधियो उनले भनिन्, ‘म अझै सानै छु र अहिले मेरो विवाह गर्ने कुनै योजना छैन।’
अनन्या पाण्डेको यो जवाफबाट यति प्रस्ट भएको छ कि आदित्य र अनन्याको बिहे हेर्न फ्यानहरुले लामो समय कुर्नु पर्नेछ।