सम्भवसँगको सम्बन्धको चर्चाकाबीच श्रृखंलाले किन भनिन्- यस्तै छ मेरो अहिलेको जीवन-Sutra News

सम्भवसँगको सम्बन्धको चर्चाकाबीच श्रृखंलाले किन भनिन्- यस्तै छ मेरो अहिलेको जीवन

शुक्रबार, १५ असार २०८०

शुक्रबार, १५ असार २०८०

कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियासँगको निकट सम्बन्धका कारण  पछिल्लो समय चर्चामा आइराखेकी मिस नेपाल-२०१८ श्रृखंलाले सामाजिक संजालमा आफू लक्षित टिप्पणीप्रति असन्तुष्टि प्रकट गरेकी छन्।



इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफूबारेका सामाजिक संजालका भाष्यप्रति असन्तुष्टि प्रकट गरेकी हुन्। उनले आफू महिना दिन अगाडि नेपाल फर्किएको र आफू यसपटक फर्किदा भने केही भिन्न भएको बताएकी छन्।

‘म ठीक एक महिनाअघि नेपाल फर्किएँ । झोलाहरू प्याक गरें, मेरो दुई वर्षको जीवन र तीन सुटकेसलाई लिएर सिंढीबाट ओर्लिएँ । उडान भर्दै २१ घण्टामा घर फर्किएँ । त्यसरी नै मेरो संसार अचानक त्यहीं फर्कियो जहाँ मैले पहिले छोडेको थिएँ । तर यसपटक मात्र म भिन्न थिएँ’, उनले भनेकी छन्।

उनले इन्टरनेटका ती भाष्यहरुबाट आफू थकित भएको उल्लेख गरेकी छन्।

‘जो सामाजिक सञ्जालमा मविरुद्ध हुने घृणा र बदमासीसँगै मेरो साथमा उभिएका छन् । म यो ठाउँमा स्वतन्त्र हुन चाहन्छु तर दुःखको कुरा आज यो बिन्दु आइपुगेको छ, जहाँ म मेरो आफ्नै कथाको स्वामित्व वा नियन्त्रण गर्न सकिरहेको छैन । इन्टरनेटमा भएका जो कोहीले तपाईंको लागि यो गर्न सक्छन् । म यसबाट थकित छु’, उनले लेखेकी छन्।

सम्भवसँग नाम जोडिएपछि उनलाई यसअघि श्रृखंलासँग नाम जोडिएका भ्लगर सिसन बानियाँलाई धोका दिएको लगायतका कुराहरु आदिइत्यादि जोडेर उनको आलोचना हुने गरेको छ। झन पछिल्लो समय सम्भवका भाइको टिकाटालोमा परिवारको महत्वपूर्ण सदस्य सरह उपस्थित भएपछि सामाजिक संजालमा उनलाई अनेक टिप्पणी गरिएको छ। यी कुराहरुप्रति दुःखी हुँदै उनले यसप्रकारको स्टाटस लेखेको अनुमान गरिएको छ।

यस्तो छ उनको स्टाटस

म ठीक एक महिनाअघि नेपाल फर्किएँ । झोलाहरू प्याक गरें, मेरो दुई वर्षको जीवन र तीन सुटकेसलाई लिएर सिंढीबाट ओर्लिएँ । उडान भर्दै २१ घण्टामा घर फर्किएँ । त्यसरी नै मेरो संसार अचानक त्यहीं फर्कियो जहाँ मैले पहिले छोडेको थिएँ । तर यसपटक मात्र म भिन्न थिएँ ।

त्यहाँ धेरै कुराहरू छन् जुन म तपाईंहरू सबैसँग साझा गर्न चाहन्छु । मेरा मायालु शुभचिन्तक र अनुयायी जसले मलाई अघि बढेको र रोकिएको देखेका छन् । जो सामाजिक सञ्जालमा मविरुद्ध हुने घृणा र बदमासीसँगै मेरो साथमा उभिएका छन् । म यो ठाउँमा स्वतन्त्र हुन चाहन्छु तर दुःखको कुरा आज यो बिन्दु आइपुगेको छ, जहाँ म मेरो आफ्नै कथाको स्वामित्व वा नियन्त्रण गर्न सकिरहेको छैन । इन्टरनेटमा भएका जो कोहीले तपाईंको लागि यो गर्न सक्छन् । म यसबाट थकित छु ।

त्यसैले यो सबै कुरा अहिले बाँड्न चाहन्छु । मेरो गति धेरै शान्त र प्रेम, प्रेरणासँगै अघि बढेको छ । म फर्किने बित्तिकै काममा डुबें । म दैनिक एक कडा दिनचर्या पालना गर्छु । थकित हुँदै १० बजे ओछ्यानमा जान्छु र चाँडै उठ्छु । मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन । अफसोस, सामाजिक मिडिया उस्तै भएको छैन । म कृतज्ञ छु कि कम्तीमा म चाहेको बेला यसलाई लगअफ गरेर बन्द गर्न सक्छु । म मेरो वरिपरि भएका मानिसका लागि कृतज्ञ छु, म मेरो अफलाइन जीवन, मेरो वास्तविक जीवनको लागि कृतज्ञ छु ।

यस्तै छ मेरो अहिलेको जीवन । मेरो नजिकको परिवार र साथीहरू । बिहानको पैदल र साँझ पाटन वरिपरि घुम्छु । सम्भावना बोकेको नयाँ सुरुवात । यदि मैले मेरो सार्वजनिक भाष्य (पब्लिक न्यारेटिभ) आकार दिन सक्दिन भने मलाई कुनै आपत्ति छैन । यसले मलाई मेरो करिअर र मेरो व्यक्तिगत जीवनलाई आकार दिने ठाउँ दिएको छ । मैले मानसिक रूपमा लामो समयअघि छोडेको आफ्नो स्वरुपलाई अघि बढाउने अवसर पाएकी छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट