भारतीय रेल दुर्घटनाका ५२ शवको अझै पहिचान हुन सकेन-Sutra News

भारतीय रेल दुर्घटनाका ५२ शवको अझै पहिचान हुन सकेन

शुक्रबार, १५ असार २०८०

शुक्रबार, १५ असार २०८०

भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।



पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो । कुल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ ।

उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ ।

भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भने, “धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन । उनले थपे, “नमूना दिल्ली पठाइएको थियो र २९ जनाको मात्र नमूना पुष्टि भएको छ ।

“पाँच परिवार शव लिन आएका छन् तर नमूना पुष्टि हुन सकेको छैन,”’ उनको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट