ब्राजिलका पूर्वराष्ट्रपतिलाई ८ वर्षसम्म राजनीतिक प्रतिबन्ध-Sutra News

ब्राजिलका पूर्वराष्ट्रपतिलाई ८ वर्षसम्म राजनीतिक प्रतिबन्ध

शनिबार, १६ असार २०८०

शनिबार, १६ असार २०८०

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ।



ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्वराष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ ।

यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ । बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर भएका छन्।

बोल्सोनारोलाई सातमध्ये पाँच न्यायाधीशले दोषी ठहर गरेका थिए र उनको विरुद्धमा फैसला गरेका थिए। एकै समयमा, दुई न्यायाधीश बोल्सोनारोको समर्थनमा थिए । यो निर्णयसँगै जायर बोल्सोनारोको २०२६ को चुनावमा फर्कने आशा समाप्त भएको छ।

मिडिया रिपोर्टका अनुसार जुलाई २०२२ मा बोल्सोनारोले विदेशी राजदूतहरूसँग भेट गरेका थिए । उक्त बैठकमा बाल्सोनारोले ब्राजिलको निर्वाचन प्रणालीको बारेमा झूट र भ्रामक कुरा फैलाएको र यसको विश्वसनीयतामाथि प्रश्न उठाएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट