कियरा आडवाणी तथा कार्तिक आर्यन स्टारर ‘सत्यप्रेम की कथा’ले वक्सअफिसमा सुखद कमाइ गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
आइतबार पनि सिनेमाले आफ्नो कमाइको सुखद यात्रालाई जारी राख्ने अनुमान गरिएको छ।
रिलिजको तेश्रो सिनेमाको व्यापारमा ४० देखि ४८ प्रतिशतको बढोत्तरी देखिएको दाबी गरिएको छ।
सिनेमाले रिलिजको तेश्रो दिन शनिबार १० देखि १०.४० करोडको कमाइ गरेको छ। तीन दिनमा सिनेमाको कुल कमाइ २६.२५ देखि २६.६५ करोडको आसपास रहेको बताइन्छ।
सिनेमाले रिलिजको पहिलो दिन बिहीबार ९.२५ करोड तथा दोश्रो दिन ७ करोड भारुको कमाइ गरेको बताइन्छ। वक्सअफिसमा सिनेमाले पहिलो सारा ३३ देखि ३५ करोड भारुको कमाइ गर्ने पूर्वानुमान गरिएको छ।
सिनेमा ६० करोडको बजेटमा तयार भएको हो।
समिर विश्वास निर्देशित सिनेमाले दर्शक र समीक्षकबाट सुखद प्रतिक्रिया पाएकाले हल रिलिजबाट ने सिनेमा सुरक्षित हुने आँकलन छ।
कायरा र कार्तिकको एकसाथ यो दोश्रो सिनेमा हो। यसअघि उनले ‘भूल भूलैया २’मा एकसाथ देखिएका थिए।