किन अगस्टमा रिलिज नहुनेभयो रणवीरको ‘एनिमल’, सलमान र शाहरूकसँग बच्दै यो मितिमा हुनसक्छ रिलिज-Sutra News

किन अगस्टमा रिलिज नहुनेभयो रणवीरको ‘एनिमल’, सलमान र शाहरूकसँग बच्दै यो मितिमा हुनसक्छ रिलिज

आइतबार, १७ असार २०८०

आइतबार, १७ असार २०८०

रणविर कपुर स्टारर ‘एनिमल’को पूर्वनिर्धारित रिलिज मिति स्थगीत भएको छ।



यसअघि सिनेमा ११ अगस्टमा रिलिज हुने घोषणा भएको थियो। ‘अर्जुन रेड्डी’ फेम निर्देशक संदीप वांगा रेड्डी निर्देशित सिनेमा स्थगीत हुनुको पछाडि भिएफएक्सको काम नसकिनुलाई जनाइएको छ।

निर्देशकले भिएफएक्समा कुनै सम्झौता गर्न नचाहेकाले रिलिजमिति स्थगीत भएको भारतीय संचारमाध।यमले जनाएका छन्।

भारतीय वेबसाइट इटाइम्सका अनुसार सिनेमा अब यस वर्षको अन्त्यमा अर्थात डिसेम्बर १ मा रिलिज हुनेछ।

यध्यपी निर्माणपक्षले आधिकारिक रुपमा रिलिज मितिको कुनै औपचारिक घोषणा भने गरेका छैनन्।

रिपोर्टका अनुसार सलमान खानको ‘टाइगर-३’ रिलिज भएपछि ‘एनिमल’का लागि राम्रो समय उपलब्ध हुने भएकाले निर्माणपक्षले सोही अनुसारको रिलिज मिति ताकेको हो।

शाहरुख खान स्टारर ‘डंकी’ यसै वर्षको क्रिसमसमा रिलिज हुने र ‘टाइगर-३’ र ‘डंकी’सँग भिडन्तबाट बच्न निर्माण पक्षले सिनेमालाई डिसेम्बर को पहिलो साता रिलिज गर्ने सोच बनाएको बताइन्छ।

प्रि-टिजर रिलिजका कारण सिनेमाले राम्रो हाइप बनाएको छ।

सिनेमामा रणवीरका अलावा बबी देवल, रश्मिका मनदाना आदिको प्रमुख भूमिका रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट