सीके राउतलाई फकाउदैँ प्रधानमन्त्री प्रचण्ड-Sutra News

सीके राउतलाई फकाउदैँ प्रधानमन्त्री प्रचण्ड

आइतबार, १७ असार २०८०

आइतबार, १७ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।



आइतबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सकिे राउतबीच भेटवार्ता भएको हो । प्रतिनिधि सभामा विनियोजन विधेयको विपक्षमा मतदान गरेको जनमत पार्टीले यो विषयमा प्रधानमन्त्रीलाई औपचारीक जानकारी गराएको हो ।

पार्टीका अध्यक्ष डा. सिके राउतले आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी आफ्नो दलले गरेको जानकारी दिएका हुन ।

आइबार बिहान प्रधानमन्त्री निवास बालुवाटार राउतले प्रधानमन्त्रीसँग करिव आधा घण्टा कुराकानी गरेका थिए । भेटमा बजेटको विपक्षमा मतदान गरेको अवस्थमा सरकारलाई समर्थन कायम राखि राख्नु राम्र नहुँने भन्दै समर्थन फिर्ता लिने जानकारी राउतले प्रधानमन्त्रीलाई गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने रोजेको मन्त्रालय दिन आफु तयार रहेको र सवै माग पुरा गर्ने प्रतिवद्धता जनाउदै समर्थन फिर्ता नलिन आग्रह गरेका छन् ।

उनले जनमतलाई सरकारमा सहभागी गराउने आश्वासन दिएका छन् । आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा सहभागी गराउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका हुन् ।

पछिल्लो समय आफूसँग रुष्ट बनेका राउतलाई फकाउन प्रधानमन्त्री प्रचण्ड लागिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो ।

प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने आश्वासन दिएका थिए । अन्तिममा अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । त्यसबेला सरकारबाट बाहिरीए पनि जनमतले सरकारलाई दिएको समर्थन भने कायमै रोखेको थियो । तर, आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएको जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनुपर्ने छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड जनमतलाई सरकारमा ल्याउन चाहान्छन् । यसका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लागेको जनमतका अध्यक्ष राउतलाई फकाईँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट