६ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।