काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा आइतबार तारबार गर्न ललिता निवास पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् ।
राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको थियो ।
सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुर्याइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए ।
उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए