जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको सेमिफाइनल खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १८१ रनमा अलआउट भयो ।
यस खेलको विजेताले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरी आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो ।
यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।