करेन्ट लागेर एक जनाको मृत्यु-Sutra News

करेन्ट लागेर एक जनाको मृत्यु

आइतबार, १७ असार २०८०

आइतबार, १७ असार २०८०

रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तिलोत्तमा–१० कान्छीबजारका ३८ वर्षीय महेश श्रेष्ठको मृत्यु भएको प्रहरीको भनाइ छ ।



इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आइतबार बिहान ८ बजेतिर छिमेकीको घरमा बत्ती नबलेपछि पोलमा चढेर तार बनाइदिएका उनलाई तल झर्ने क्रममा करेन्ट लागेको थियो ।

गम्भीर घाइते भई अचेत बनेका उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट