जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण अर्धशतकमा नेपाल विजयी भएको छ ।
एक समय ६३-६ को दयनीय अवस्थामा पुगेको नेपाललाई दिपेन्द्र सिंह ऐरीको महत्त्वपूर्ण पारीमा विजयी भएको हो । उनलाई गुलशन झा र सन्दीप लामिछानेले राम्रो साथ दिए ।
सातौं स्थानका लागि भइरहेको दोस्रो खेलमा नेपालले युएईलाई ३ विकटले पराजित गरेको हो । जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो ।
यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भएको थियो ।
युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए ।