समाज लघुवित्तले १५ प्रतिशत लाभांश दिने-Sutra News

समाज लघुवित्तले १५ प्रतिशत लाभांश दिने

आइतबार, १७ असार २०८०

आइतबार, १७ असार २०८०

समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।



कम्पनीको असार ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

स्वस्तिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको कारण यसको सेयर कारोबार भने लामो समय देखिनै रोक्का रहेको छ । समाज र स्वस्तिक लघुवित्तबीच हुने भनिएको मर्जर प्रकृया पनि भंग भइसकेको छ ।

समाजको साधारण सभाले स्वस्तिक सँगको मर्जर प्रस्ताव पारित नगरेपछि मर्जर प्रस्ताव भंग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट