ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो । यससँगै यस प्रकरणमा हालसम्म ९ जना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।