पूजाको बिहे : एकदिन अगाडि हो भनिन्, अर्कोदिन सोधिन्-कात्तिकमा पनि बिहे हुन्छ र! आखिर साँचो के हो पूजा?-Sutra News

पूजाको बिहे : एकदिन अगाडि हो भनिन्, अर्कोदिन सोधिन्-कात्तिकमा पनि बिहे हुन्छ र! आखिर साँचो के हो पूजा?

सोमबार, १८ असार २०८०

सोमबार, १८ असार २०८०

पूजा शर्मा र उनका प्रेमी युद्ध बाँनियाको प्रेम चर्चा चलेको ३ वर्ष भइसक्यो। चर्चामात्र के भन्नु?, उनीहरुबिच प्रेम छ भन्ने कुरा जगजाहेर नै छ।



अभिनेता अनमोल केसीलाई आफ्नो जोडी बाँधेर सिनेमा खेलाउने धोको पूरा नभएपछि उनी यतिबेला एक्सन सिनेमा ‘दान्भी’को तयारीमा जोडतोडका साथ लागिरहेकी छन्। केही दिन अगाडि उनले आफ्नो एक्सन तयारीको क्लिप सार्वजनिक गरिन। सो क्लिपमा उनले गरेको मेहेनत राम्रैगरी देखियो।

कामसँगै पूजा फण्डाले पनि उत्तिकै चर्चामा आइरहन्छिन्। कुनै फण्डाले उनलाई चर्चा दिलाउने गरेको छ भने कुनै बेला उनी आफैले फैलाएको फण्डाको भुमरीमा नराम्री फस्छिन्।

चाहे त्यो पल शाहको केसमा होस् या एक संचारकर्मीले आफ्नो टेलिभिजन कार्यक्रममा बोलेको कुरालाई लिएर सो कार्यक्रम प्रसारण हुने टेलिभिजनदेखि कलाकारसंघसम्म धाएको केसमा उनले प्रशस्तै गाली र ताली बटुलिन्।

सिनेमा खेल्नेमात्र नभई निर्माणको समेत जोखिम मोल्ने बोल्ड अभिनेत्रीमा पर्छिन् पूजा।

तर यस्ती बोल्ड पूजा बेलाबेलामा आफ्नै बोली काट्दा नसक्ने गरी फन्दामा पर्छिन्।

पल शाहको काण्डामा ‘बलात्कार हुनलाई लुगा च्यातिएको हुनुपर्छ’ भन्ने प्रकारको अभिव्यक्ति दिदां ठूलै विवादमा परेकी उनले हालै आफ्नो विवाहको बारेमा एकै दिनको फरकमा दुई थरी बयान दिएकी छन्।

उनको यो बयानले आखिर पूजा किन यस्तो अभिव्यक्ति दिन्छिन् भनेर धेरैलाई जिज्ञासा उत्पन्न गराएको छ।

हिजो एक फिल्मी अनलाइन उनको बाइट सहितको समाचार आयो- पूजा आफ्ना प्रेमी युद्धसँग दशैंमा टिकाको दिन बिबाह गर्दैछिन् भनेर।

फेरी आज अर्को एक मूलधारे अनलाइनमा उनले आफ्नो हिजो छापिएको आफ्नो बाइट सहितको समाचारको खण्डन गरेकी छन्- मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो हो।

पहिलो समाचारमा उनले यस्तो भनेकी थिइन् – दशैंमा विवाहको तयारी भैरहेको छ । यसपालि दशैंको टीकामा राम्रो भएकाले विवाह गर्न लागेका हौं ।

अनि आज फेरी आएको अर्को समाचारमा उनको भनाइ यस्तो छ- ‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे हुन्छ र!,’

यसरी एक दिन नबित्दै पूजाको फेरिएका कुरा बुझिनसक्नु छ। अब खास कुरा के हो?, पूजाले नै जानुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट