आयोगको प्रस्ताव : समानुपातिकमा दुईपटकमात्र मौका, ‘नो भोट’को व्यवस्था-Sutra News

आयोगको प्रस्ताव : समानुपातिकमा दुईपटकमात्र मौका, ‘नो भोट’को व्यवस्था

सोमबार, १८ असार २०८०

सोमबार, १८ असार २०८०

निर्वाचन आयोगले प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यमा समानुपातिक प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति सोही निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।



सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावली संकलनदेखि उम्मेदवारको योग्यतालगायत विषयमा नयाँ प्रावधानहरू प्रस्ताव गरिएको जानकारी दिएका छन्।

मन्त्रिपरिषदले २०७८ पुस १४ गते सैद्धान्तिक सहमति दिएपछि तयार गरिएको विधेयक तर्जुमा गर्ने क्रममा निर्वाचन सरोकारवालाहरूसँग सातवटै प्रदेश तथा केन्द्रमा छलफल एवम् अन्तरक्रिया गरी सुझाव संकलन गरिएको आयोगले जनाएको छ।

यसैगरी आयोगले कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्तो उम्मेदवारलाई समर्थन नरहने गरी मतपत्रमा मतदानको व्यवस्था (नोटा) गर्नेसमेत निर्णय गरेको छ । यस्तो व्यवस्थामा कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत नोटा भएमा निर्वाचनै रद्द हुने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट