लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि सुनुवाइ डेस्क-Sutra News

लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि सुनुवाइ डेस्क

सोमबार, १८ असार २०८०

सोमबार, १८ असार २०८०

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ ।



लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासोका लागि डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गुनासो सुनुवाइका लागि नि:शुल्क टोल फ्रि नम्बरमा फोन गर्न सकिनेछ । यसका साथै बैंकको अनलाइन गुनासो पोर्टल वा इमेल मार्फत पनि आफ्नो गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट