पालिका अध्यक्षले शिक्षकलाई शौचालयमा थुनेपछि…-Sutra News

पालिका अध्यक्षले शिक्षकलाई शौचालयमा थुनेपछि…

सोमबार, १८ असार २०८०

सोमबार, १८ असार २०८०

कैलालीको जोशीपुर गाउँपालिका-३ फाडियास्थित सरस्वती मावि लक्कड-मनिकापुरमा प्रधानाध्यापक को बन्ने विषयमा विवाद हुँदा समस्या भएको छ ।



विद्यालयका प्रधानाध्यापक मोहनलाल कुस्मी केही समय पहिले सेवा निवृत्त भएपछि विवाद भएको हो । विद्यालयकै शिक्षक धनबहादुर चौधरीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर सेवाबाट बिदा लिएका थिए । जुनियरले जिम्मेवारी पाएको भन्दै विद्यालयका शिक्षकहरूले नै असन्तुष्टि जनाए।

उनीहरूले धनबहादुरको स्थानमा विश्वनाथ शाहले जिम्मेवारी पाउनु पर्ने भन्दै विवाद गरे । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कैलाश डगौराले पनि विद्यालयमा निमित्तको जिम्मेवारी दिँदा पुरानो प्रअले गल्ती गरेको बताउँछन्।

त्यस्तै सादा पानामा हस्ताक्षर गरेर धनबहादुरका नाममा सहमति जनाउन गाउँपालिका अध्यक्ष चौधरीले शाहलाई दबाव दिएको बताइएको छ । आफूहरू शिक्षा ऐन अनुसार नै प्रअ नियुक्त हुनुपर्छ भन्नेमा प्रतिबद्ध रहेको व्यवस्थापन समिति अध्यक्ष डगौरा बताउँछन् ।

अध्यक्षको दबावमा जोशीपुर शिक्षा शाखाले प्रअ बनाउने भन्दै धनबहादुरको नाम सिफारिस गरे पनि जिल्लाबाट उक्त निर्णय खारेज भएर आएको कुस्मी बताउँछन् ।

१० कक्षासम्म पढाइ भइरहेको विद्यालयमा २६० जना विद्यार्थी छन् । यतिबेला प्रअ को बन्ने भन्ने विवादका कारण ती विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको स्थानीय कृष्णप्रसाद ओझा बताउँछन्। विद्यालय राजनीति गर्ने ठाउँ नभएकाले त्यहाँ राजनीति नगर्न स्थानीयको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट