पेट्रोलियम पदार्थको मूल्य घट्यो-Sutra News

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सोमबार, १८ असार २०८०

सोमबार, १८ असार २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोल ७.५०, डिजेलमा ६ रुपैयाँ र मट्टितेलमा ५ रुपैयाँ घटाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने घटाएको छैन।



साथै हवाइ इन्धन तर्फ पनि मूल्य घटाउको छ । आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर ११५ डलर घटाएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट