अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार एकजना पक्राउ परेका छन् ।
दाङको साविक उरहरी गाविस–८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय नवीन बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नवीनसमेतका व्यक्तिहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङको तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी तुलसीपुर नगरपालिका ५ र ९ को सीमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगी सामुहिक जबरजस्ती करणी गरेका थिए ।
अपहरण तथा जबरजस्ती करणी मुद्दाका घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर गरेको थियो ।
फरार रहेका बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौंको काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।