‘बाहुबली’को आक्रमक सफलताले दक्षिण भारतीय सिनेमालाई भाषिक सिमितता तोड्दै विश्वभर आफ्नो आकर्षण फैलाउने काम गरेको छ।
यसबीचमा ‘केजिएफ’बाट यशले आफ्नो नामलाई विस्तार गरे भने ‘कान्तरा’बाट रिसव शेट्टीले निरन्तरता दिए।
यस्तै ‘पुष्पा’ बाट अल्लु अर्जुनले यसलाई झनै ठूलो दायरामा लगिदिएका छन्।
अब यो सूचिमा छिटपुटमा बलिउड सिनेमामा देखिने गरेका कन्नड सुपरस्टार किचा सुदिपले थपिने संकेत गरेका छन्,
उनको दुई दिन अगाडि रिलिज भएको नाम नराखिएको सिनेमाको हिन्दी टिजरले २.१ मिलियन भ्यूज बटुल्दै यस्तो छनक दिएको हो।
सिनेमाको टिजरमा उनलाई एकदमै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ। सिनेमाको टिजर ‘किचा ४६’को नाममा रिलिज भएको छ।
सार्वजनिक टिजरमा दर्शकले खोजेको स्टाइल, बोल्डनेस्, मन हर्ने संवाद सबैले युक्त रहेको छ।
टिजरमासमेत दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।
यस हिसाबले सिनेमा दर्शकका लागि प्रतिक्षित बनिसकेको सहजै अनुमान गर्न सकिन्छ।