नेपालले टेस्ट राष्ट्र आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य-Sutra News

नेपालले टेस्ट राष्ट्र आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

मंगलबार, १९ असार २०८०

मंगलबार, १९ असार २०८०

जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डलाई नेपालले २६९ रनको लक्ष्य दिएको छ ।



हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

नेपालका लागि गुलसन झाले ४२ बलमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ८४ बलमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ४४ रन बनाए ।

सन्दीप लामिछानेले ३० बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए ।

आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट