बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
म्याद थप हुनेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका ९ जना छन् ।
साथै, पक्राउ परेकाहरूमाथि संगठित अपराधमा पनि अनुसन्धान अघि बढाएको छ । उनीहरूले सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जना विरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो ।