हललाई कस्दै बालेन, १७ हललाई पत्र काट्दै भने, वक्सअफिसमा पहुँच देउ, माग्नसक्छ रियलटाइम रिपोर्ट-Sutra News

हललाई कस्दै बालेन, १७ हललाई पत्र काट्दै भने, वक्सअफिसमा पहुँच देउ, माग्नसक्छ रियलटाइम रिपोर्ट

मंगलबार, १९ असार २०८०

मंगलबार, १९ असार २०८०

काठमाडौं महानगरपालिकाले सिनेमा हलको बक्सअफिसमा आफूलाई पनि पहुँच दिन भन्दै पत्र काटेको छ।



महानगरले आफ्नो क्षेत्रका १७ वटा हललाई आज यस्तो पत्र काटेको हो।

महानगरले तीन दिनभित्र हलको डिजिटल प्रणालीभित्र सहज पहुँचको व्यवस्था गर्न निर्देशन दिएको छ । सिनेमा हलले दर्शकबाट उठाएको मनोरञ्जन करमा महानगरले आफ्नो पहुँच स्थापित गर्न यस्तो पत्र काटेको हो। सिनेमाको टिकटमा १३ प्रतिशत भ्याटका अलावा ५ प्रतिशत मनोरञ्जन कर लाग्ने गरेको छ। उक्त करमा पारदर्शिता कायम गर्न महानगरले यो पत्र काटेको हो ।

‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्नुभएको भए सो प्रणालीमा ३ (तीन) दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए यो पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याई उक्त प्रणालीमा काठमाडौं महानगरपालिका राजस्व विभागलाई पहुँच गराउनु हुन जानकारीसहित निर्देशानुसार अनुरोध छ,’ महानगरले हललाई काटेको पत्रमा भनिएको छ।

वक्सअफिस प्रणालीमा लियल टाइम लागु हुनुपर्ने निर्माताहरुको माग उठिरहेको सन्दर्भमा बालेनको यो कदमले निर्माताहरुलाई राहत मिल्नेछ। हाल हलवालाहरुले रियल टाइममा नभइ केही दिनपछि वक्सअफिस रिपोर्ट आवधिक गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट