मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ ।
प्रधानमन्त्रीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक रहेको बताएका छन् । उनले बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा अन्य मन्त्रीहरू सहभागी छन् ।