झाडापखलाले लमजुङमा एक बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप परियारको झाडापखलाबाट मृत्यु भएको हो।
बालकलाई सोमबारदेखि झाडापखला लागेको आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताइन् ।
`बाबु हिजोदेखि झाडापखलाले बिरामी थियो । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन, `बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्यो ।´