एमालेले वडा कार्यालयमा ताला लगाउँदा सेवाग्राही मारमा-Sutra News

एमालेले वडा कार्यालयमा ताला लगाउँदा सेवाग्राही मारमा

मंगलबार, १९ असार २०८०

मंगलबार, १९ असार २०८०

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ ।



सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा (मालेले वडा कार्यालयमा आज बिहानदेखि तालाबन्दी गरेको थियो ।

तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् । असार मसान्तमा योजनाको भुक्तानी सिफारिसदेखि विभिन्न कामको चाप हुने समयमा तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका हुन् ।

नेकपा एमाले वडा कमिटी ८ र ९ ले संयुक्त रुपमा वडामा तालाबन्दी गरेका हुन् । गत असार १६ गते वडाध्यक्ष गुरुङले खोराकोमुख–उपल्लो इदीखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट