को हुन सरदार प्रितम सिंह, जो प्रचण्डलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाए?-Sutra News

को हुन सरदार प्रितम सिंह, जो प्रचण्डलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाए?

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको एउटा अभिव्यक्तिले उनलाई रक्षात्मक अवस्थामा पुर्‍याईदिएको छ ।



सार्वजनिक कार्यक्रममै प्रचण्डले आफ्नो नेतृत्वको सरकार निर्माणमा भारतको हात रहेको अभिव्यक्ति दिएपछि राजनीति गर्माएको छ भने प्रमुख प्रतिपक्षी दलले यसै विषयमा छलफल गर्न संसदीय दलको आकस्मिक बैठक समेत बोलाएको छ ।

कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली पुगेको अभिव्यक्ति थिए। उनको यही अभिव्यक्ति विवादमा परेको छ र प्रतिपक्षी दल एमालेले यसको कडा प्रतिवाद गर्न संसदीय दलको आकस्मिक बैठक बोलाएर आज छलफल गरिरहेको छ।

को हुन् त प्रचण्डलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली पुगेका प्रितम सिंह?
यस्तो छ उनको नालीबेली।

पेशाले पाइलट रहेका भारतीय नागरिक प्रितम सिंह राजा महेन्द्रकै पालामा नेपाल आएका थिए ।

भारतको जम्मुकश्मिरमा जन्म लिएका सिंहको परिवार राजनीतिक पृष्ठभुमिको रहेको बुझिएको छ । उनकै जेठा दाई जम्बुकश्मिरमा ३ पटकसम्म मन्त्री भइसकेका छन् ।

झन्डै ७ दशक अगाडी नेपाल छिरेका सिंहलाई नेपालमा ढुवानीको जग बसाल्ने पहिलो व्यक्तिको रुपामा हेर्ने गरिन्छ ।

त्यसैले उनलाई ट्रान्सपोर्ट पायेनियरको उपनाम पनि दिइन्छ । तत्कालिन राजा महेन्द्रको प्रस्तावमा सिंहले नेपालमा ढुवानीको व्यवसाय सुरुवात गरेका थिए ।

यातायातसंगै उनले विस्तारै शिक्षामा पनि हात हाले । उनकै पहलमा मोर्डन इन्डियन इङ्लिस स्कुल स्थापना भएको बुझिएको छ ।
व्यवासायकै क्रममा उनी नेपालका राजनीतिज्ञहरुसंग नजिक भएको बुझिएको छ ।

यसरी सिंहको सम्बन्ध तत्कालिन राजा महेन्द्र देखि वर्तमान प्रधानमन्त्री प्रचण्ड सम्म जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट