काठमाडौंमा एकैदिन २ हजार २०३ चालक कारबाहीमा-Sutra News

काठमाडौंमा एकैदिन २ हजार २०३ चालक कारबाहीमा

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०

काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।



पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार २०३ सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई १४७ र अन्य एक हजार ७४५ गरी कुल दुई हजार २०३ सवारी चालकलाई कारबाही गरिएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट