३९.२६ अंकले घट्यो नेप्से परिसूचक-Sutra News

३९.२६ अंकले घट्यो नेप्से परिसूचक

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०
सेयर बजारमा फेरि गिरावट आएको छ । मंगलबार बढेको बजारले बुधबार निरन्तरता पाउन सकेन ।
बुधबार नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज २७७ कम्पनीको ८० लाख ९२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटेल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट