श्रीलङ्कामा डेङ्गु संक्रमितको संख्या ५० हजार नाघ्यो-Sutra News

श्रीलङ्कामा डेङ्गु संक्रमितको संख्या ५० हजार नाघ्यो

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०

श्रीलङ्कामा ५० हजारभन्दा बढी डेङ्गु संक्रमित भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार २६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो ।



गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन् । यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो । स्वास्थ्य मन्त्रालयले डेङ्गुको उच्च जोखिममा रहेका ४३ वटा क्षेत्र पहिचान गरी लामखुट्टे उन्मूलन अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननलाई प्रोत्साहन गर्ने जनाउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ । श्रीलङ्कामा गत वर्ष ७६ हजारभन्दा बढी डेङ्गुबाट पीडित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट