बुधबार नै बस्नेगरी स्थगित भएको राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएको छ ।
बुधबार दिउँसो २:३१ बजे बसेको बैठक एमाले सांसदको अवरोधपछि ३:०१ बजे बस्नेगरी स्थगित भएको बैठक विशेष कारण देखाएर बिहीबार दिउँसो १:०१ बजे बस्नेगरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
बुधबार दिउँसो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने र अन्यथा बैठक अघि बढ्न नसक्ने बताए ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिएको हो । संसदमा एमालेले विरोध गरेको छ ।