सामन्था अभिनयबाट लिदैंछिन् ब्रेक, आखिर किन त?-Sutra News

सामन्था अभिनयबाट लिदैंछिन् ब्रेक, आखिर किन त?

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०

सामन्था रुथ प्रभु सिटाडेल पछि केही समयका लागि अभिनयबाट ब्रेक लिन लागेकी छन् । रिपोर्टका अनुसार सिटाडेलपछि उनले केही महिनाको ब्रेक लिनेछिन् ।



यसअघि सामन्था रुथ प्रभुले एक वर्षको लागि अभिनयबाट ब्रेक लिने खबर सार्वजनिक भएको भएतापनि उनले वर्ष दिनका लागि नभइ केही महिनाका लागि ब्रेक लिन लागेकी हुन्।

स्रोतका अनुसार सामन्था केही महिनाको ब्रेकपछि फेरि एकपटक अभिनयमा लाग्ने र नयाँ प्रोजेक्टसहित फर्किनेछिन्।

सामन्था रुथ प्रभु मायोसाइटिस नामक रोगबाट पीडित छन्, जसको खुलासा गत वर्षमात्र भएको थियो। जसका कारण अभिनेत्री धेरै दिन अस्पतालमै बसिन्। पछि उनले बाँकी रहेका सुटिङ पूरा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट