रोविन तामाङको पोष्टमार्टम सकियो, आयो यस्तो रिपोर्ट, थप परिक्षणका लागि रगत र भिसेरा संकलन-Sutra News

रोविन तामाङको पोष्टमार्टम सकियो, आयो यस्तो रिपोर्ट, थप परिक्षणका लागि रगत र भिसेरा संकलन

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०

मंगलबार साँझ ६ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ विष्णुमती चिस्यानीस्थित घरमा मृत भेटिएका गायक तथा अभिनेता रविन तामाङको पोष्टमार्टम सकिएको छ।



काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार भएको पोष्टमार्टममा उनको मुटुमा समस्या देखिएको छ।

तर मृत्युको ठोस कारण खुल्न बाँकी भएको अस्पतालका फरेन्सिक डाक्टर गोपाल चौधरीले बताएका छन्।

यसका लागि उनको रगतको नमूना र भिसेरा संकलन गरिएको छ।

ती नमूनाको नेपाल प्रहरीको सेन्ट्रल फरेन्सिक साइन्स ल्याब्रटरी सामाखुसीमा विश्लेषण गरिनेछ। सो रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको विस्तृत कारण खुल्नेछ।

भिसेरा भनेको लिभरको, किड्नीको टुक्रा र पेटमा भएका वस्तुको परीक्षण हो। त्यसको रिपोर्टबाट उनलाई खास के भएको हो र उनको मृत्यु भयो भन्ने कारण खुल्नेछ।

परिवारले रोविनको शव बुझिसकेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट