अमेरिकामा एक वर्षमा दुई करोड २० लाख वटा बन्दुक बिक्री-Sutra News

अमेरिकामा एक वर्षमा दुई करोड २० लाख वटा बन्दुक बिक्री

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०

२०२० मा कोभिड महामारीका कारण विश्वव्यापी लकडाउन थियो । मानिसहरू घरभित्रै बन्द थिए । तर अमेरिकी भने धमाधम गन खरिद गरिरहेका थिए ।



२०२० मा अमेरिकामा मात्रै दुई करोड २० लाख गन बिक्री भयो, जुन २०१९ को तुलनामा ६४ प्रतिशतले बढी हो।

नेसनल सुटिंग्स स्पोर्ट्स फाउन्डेसनका अनुसार यीमध्ये ७५ लाख गन नयाँ अर्थात् त्यसअघि कुनै हातहतियार नराखेका मान्छेले खरिद गरेका थिए।

२०२१ मा गन हिंसाबाट (आत्महत्यासहित) ४८ हजार ८३० जनाको मृत्यु भएको देखिन्छ। अमेरिकी संसद्ले २०२१ मा गन हिंसासँग जोडिएका कारण खोज्न फेडरल एजेन्सीलाई शोधका लागि अर्बौं रकम छुट्याएको थियो । शोध प्रतिवेदनमा केही तथ्य भेटिएका छन्।

हार्वर्ड र नर्थ इस्टर्न युनिभर्सिटीका शोधकर्ताको अनुमानमा जनवरी २०१९ देखि अप्रिल २०२१ बीच ७५ लाखभन्दा बढी अमेरिकी नागरिकले पहिलोपटक गन खरिद गरे । यी नयाँ खरिदकर्ता धेरै गन खरिद गर्ने श्वेत मानिसभन्दा भिन्दै छन् । यसमा पनि आधा संख्या महिलाको छ । सोही वर्ष गन प्रहार गरी २६ हजार ३२८ जनाले आत्महत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट