महानायिका करिष्मा मानन्धर आफ्नो सौन्दर्यको लागि निकै चर्चित छन्। आफ्नो समयकी नम्बर वान नायिकामा गनिने उनको चर्चा अहिले पनि त्यति नै छ ।
केहि समय राजनीतिमा पनि सक्रिय रुपमा लागेकी उनी फेरी अहिले फिल्ममा नै फर्किएकी छन् ।
उनी अभिनित चलचित्र ‘बगान’ यही असार २९ गते बाट देशैभर प्रदर्शनमा आउँदैछ।
बुधबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर त सार्वजनिक गरियो नै यसका अलावा निर्माणक्षले ६ जना एकल आमाहरुलाई सम्मानसमेत गर्यो। यो सूचिमा करिष्माकी आमासमेत थिइन्। सम्मान ग्रहरणपछि उनले अभिनेत्री करिष्माकी आमाले आफ्नी छोरीको बाल्यकालिन क्रियाकलापको सम्झना गरिन्।
आमाका अनुसार करिष्मा मिठामिठा परिकारको सौखिन छिन्। त्यसमा पनि उनलाई मासु असाध्यै मनपर्थ्यो। त्यही कारण जुन आमाले घरमा मासु पकाउँथिन तब करिष्मा मासुको कसौंडी नै बोकेर भाग्ने गर्थिन्।
मासु लिए भागेकी सानी करिष्मालाई उनी गाली नगरी ‘हामी पनि खानुपर्छ, लेउ न’ भन्दै मासुको कसौंडी फिर्ता माग्ने गरेको सुनाइन्। उनले
योसँगै उनले आफ्नी छोरी सानोमा चकचक नगर्ने साह्रै सोजी अनि धेरै राम्री भएको भन्दै प्रशंसा गरिन्।
करिष्माकी आमाले आफू मात्र १८ वर्षकी हुँदा श्रीमान्लाई गुमाउनु परेको थियो। त्यसपछि उनले दुःख गरेर आफ्नी छोरीलाई हुर्काएकी थिइन्। १८ वर्षमा श्रीमान् गुमाएपछि करिष्माकी आमाले धैर्य भएर आध्यात्मिक दुनियाँमा हराई आफ्नो मन विचल्लित हुन नदिएको बताइन्।
आमाका सबै कुरा सुनेर बसेकी करिष्माले त्यसपछि मुसुमुसु हाँस्दै प्रतिक्रिया जनाइन र आफ्नी आमा एउटी बघिनी नै भएको समेत उल्लेख गरिन्।
कार्यक्रममा करिष्माकी आमासँगै पूजा शर्माकी आमा तथा अनुराधा कोइराला लगायतका ६ एकल महिलालाई सम्मान गरिएको थियो।