बलिउड अभिनेता अनिल कपूरलाई करण जोहरले कफी विथ करण कार्यक्रममा सोधेका थिए कि यदि उनले श्रीमती सुनिता र अन्य महिला मध्ये एक रोज्नुपर्छ भने कसलाई रोज्नुहुन्छ?
यो प्रश्नमा अनिल कपुरले यस्तो जवाफ दिए जसले चकित पार्नसक्छ।
बलिउड अभिनेता अनिल कपूर आफ्नो बलियो चरित्रका साथसाथै व्यक्तिगत जीवनका लागि पनि चर्चामा छन्। यस एपिसोडमा एक पटक अनिल कपूरले एक अभिनेत्रीका लागि यस्तो कुरा भनेका थिए, जसले मानिसलाई अचम्ममा पार्यो ।
‘कफी विथ करणको सिजन ३’ मा अनिल कपुरले आफ्नी पत्नी सुनितालाई कंगना रनौतका लागि छोड्नसक्ने धारणा राखेका थिए।
‘कफी विथ करण शोको सिजन ३’को एक एपिसोडमा कंगना रनौत, सञ्जय दत्त र अनिल कपूर अतिथिको रूपमा आएका थिए। जहाँ अनिल कपुरले ठट्टा गर्दै श्रीमती सुनिता कपूरलाई छोडेर कंगना रनौतसँग बिहे गर्ने बताएका थिए।
कार्यक्रममा करणले अनिल कपूरलाई सोधे कि पत्नी सुनिता बाहेक अरु कोही छनोट गर्ने मौका दिइयो भने तपाईं कसलाई रोज्नुहुन्छ ? भन्दै प्रश्न सोधेपछि अनिलले ठट्टा गर्दै कंगना रनौततर्फ कुनै सोचाइ नै नगरी उनको नाम लिए । अनिल कपूरको यो कुराकानी सुनेपछि करण जोहरले कंगनालाई आफ्नै स्टाइलमा भने-तिमीले चिन्ता गर्नुपर्छ जस्तो लाग्छ।