मतदानका क्रममा भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु-Sutra News

मतदानका क्रममा भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु

शनिबार, २३ असार २०८०

शनिबार, २३ असार २०८०

पश्चिम बंगालमा आज पञ्चायतको चुनाव भइरहेको छ। निर्वाचनमा हिंसा हुन सक्ने आशंकाका बीच भारी सुरक्षाकर्मी परिचालन गरिएको छ । यति हुँदाहुँदै पनि पञ्चायत निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसात्मक झडपमा ११ जनाको ज्यान गएको समाचार आइरहेका छन् । यसैबीच, कुचबिहारमा मतदान केन्द्रमा तोडफोड र मतपत्र जलाउने घटना पनि बाहिर आएको छ।



राज्य निर्वाचन आयोगका अनुसार २२ जिल्लाका ६३ हजार २२९ ग्राम पञ्चायत सिट, ९ हजार ७३० पञ्चायत समिति र ९२८ जिल्ला परिषद सिटमा उम्मेदवारको भाग्य दाउमा रहेको छ । निर्वाचनमा ५.६७ करोड मतदाताले मतदान गर्नेछन् । चुनावको नतिजा असार ११ गते आउनेछ । अधिकारीहरूका अनुसार राज्यमा चुनावसम्बन्धी हिंसामा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ।

पश्चिम बंगाल पञ्चायत चुनावको लागि मतदान भइरहेको छ। यस क्रममा पश्चिम बंगालका गभर्नर सी.वी. आनन्द बोसले मतदान केन्द्रको भ्रमण गरे र मतदाता र उम्मेदवारहरूसँग अन्तरक्रिया गरे।

यी चुनावका लागि केन्द्रीय अर्धसैनिक बलहरू तैनाथ गरिएको छ र नतिजा घोषणा पछि दस दिनसम्म बस्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट