आज अपराह्न सुख्खा पहिरो झरेपछि मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
शनिबार चार बजेतिर कालीखोला नजिक पहिरो गएकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानएको छ ।