जंगली च्याउ खाँदा दैलेखमा चार बालबालिका बिरामी-Sutra News

जंगली च्याउ खाँदा दैलेखमा चार बालबालिका बिरामी

शनिबार, २३ असार २०८०

शनिबार, २३ असार २०८०

दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन् ।



च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय धर्मराज विक, १० वर्षका तिलक विक र १६ वर्षीया भगवती विक बिरामी परेका हुन् ।

दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डा. सुशीला कटुवालले जानकारी दिए ।

बुबा मानबहादुर विक र आमा कौशिला विक घाँसपात गर्न गएको बेला पकाइराखेको च्याउ खाँदा उनीहरू चारै जना बिरामी परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट