आफ्नै घरमा गत मंगलबार मृत अवस्थामा फेला परेका रकगायक तथा अभिनेता रविन तामाङको आज अन्तिम संस्कार हुँदैछ।
उनको विजेश्वरीस्थित शोभा भगवतीमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।
त्यसअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि ११ बजेसम्मका संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिएको छ।
तत्पश्चात उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।
उनलाई श्रद्धासुमन व्यक्त गर्न संगीतकर्मी तथा उनका प्रशसंक एकेडेमी आउने क्रम जारी छ।
उनलाई बिदाइ स्वरुप त्यहाँ उपस्थित संगीकर्मीहरुले उनका दुई अत्यन्त लोकप्रिय गीत ‘केटाकेटी’ र ‘गुलाबको काँडा’ गीत गायर उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।
ती गीत गाउनुअघि संगीतकार महेश खड्काले राविनको सागीतिक पक्ष र व्यक्तितवको बारेमा चर्चा गरेका थिए।
भिडियोमा हेर्नुस्