आफूले बोल्दै नबोलेको कुरा बोलेको भन्दै पोस्ट गर्ने दुई फेसबुक पेजविरुद्ध अभिनेत्री आँचल शर्माले प्रहरीमा कारवाहीको माग गर्दै उजुरी दिएकी छन्।
शनिबार ८ बजे टेकु पुगेर उनले उजुरी दिएकी हुन्। उनको साथमा उजुरी दिन उनका श्रीमान् उदिप श्रेष्ठ पनि साथै गएका थिए।
उनले एनईबी रिजल्ट एण्ड अपडेट’ ( NEB Result & Update) र ‘रुटिन अफ रन्डी रोना’(Routine Of Randi Rona ) विरुद्ध उजुरी दिएकी हुन्।
ती पेजमा उनले हालै एक अन्तरवार्तामा अभिनेता दयाहाङ राईलाई उत्कृष्ट कलाकार ठान्ने दर्शक मूर्ख र अनपढ हुन् । उनलाई गाउँले र गवारको रोल बाहेक अरु केही गर्न आउँदैन भनेर बोलेको भनी ती पेजहरु पोष्ट गरेका थिए ।
यध्यपी उनले कतैपनि कुनै पनि संचारमाध्यममा यस्तो बोलेको कुरा पुष्टि भएको छैन्।
उजुरीमा आँचलले ‘माथि उल्लेखित अश्वाभाविक फेसबुक पेज नाम राखी संचालनमा रहेको सामाजिक संजाल फेसबुक पेजमा मेरो अनुमति विना मेरो फोटो सहित मेरो चरिचत्र मा आँच आउने समाचार लेखिपोष्ट गर्ने ब्यक्ति एकिन पहिचान गरी कानुन बमोजिम हदै सम्मको कारवाही गरिपाउँ’, लेखेकी छन्।
यसरी बोल्दैनबोलेको कुरा सामाजिक संजालमा पोस्ट भएपछि अभिनेता दयाहाङ राईले समेत सोका बारेमा फेसबुकमा आँचलको बचाउ गर्दै स्टाटस पोस्ट गरेका छन्।
‘ अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन्’ , उनले फेसबुकमा लेखेका छन्,
‘त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु।’
पछिल्लो समय आँचल श्रृखंलाबद्ध विवादमा परिरहेकी छन्।
केही दिन अगाडिमात्र मोडलिङका लागि अडिसन दिएका एक पुरुष मोडलको दुब्लोपातलो शरिरलाई लिएर अभद्र टिप्पणी गरेको भन्दै उनको चर्को आलोचना भएको थियो।
टिप्पणी गरेको भन्दै अडिसनमा सहभागी मोडलले नै भिडियोसहित आँचलको कुराबाट आफू मर्माहत भएको भन्दै सामाजिक संजालमा असन्तुष्टि पोखेका थिए।
यध्यपी यो मामिलालाई ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको भन्दै दुबैपक्षले विवाद नगर्ने सहमति गरेका थिए।