कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ जीवन फेरि मन्त्री बने-Sutra News

कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ जीवन फेरि मन्त्री बने

आइतबार, २४ असार २०८०

आइतबार, २४ असार २०८०

नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका सदस्य जीवन आचार्य कोशी प्रदेशको मन्त्री भएका छन् । आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको सपथ ग्रहण गरेका छन् ।



शुक्रबारै उनी मन्त्री बन्ने टुंगो लागेको भएपनि आज सपथ गराइएको हो।

उनीसँगै माओवादीका राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। कार्की र खत्री विनाविभागिय मन्त्री बनेका हुन्।

जीवन आचार्य उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ (गंगा दाहालका पति) हुन् ।

हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री भएका आचार्य उद्धव थापा नेतृत्वको सरकारमा पनि मन्त्री बन्न लागेका हुन् । आचार्य पार्टीको नेतृत्व गर्दै सरकारमा गएका हुन् ।

माओवादीमा यसअघि मन्त्री भएका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्यलाई पठाउने कि नयाँ मान्छे पठाउने भन्ने विवाद थियो ।

विवादका कारण माओवादीले नाम नपठाएपछि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसका सुनुवार र नेकपा एकीकृत समाजवादीका जवेगुलाई विना विभागीय मन्त्रीको शपथग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट