आरजुलाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको-Sutra News

आरजुलाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको

आइतबार, २४ असार २०८०

आइतबार, २४ असार २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको प्रहरीले पुष्टि गरेको छ ।



शेरबहादुर देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको थियो ।

उक्त अडियो छानबिनको क्रममा प्रतिवादी सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ । उनी हाल यसै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

पैसा दिएको भन्ने अडियोमा आफ्नो नाम जोडिएपछि आरजुले गत वैशाखमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट